काठमाडौं, १४
पुस । कवि
भूपी शेरचनले भनेका
थिए, ‘नेपाल हल्लैहल्लाको देश
हो ।’ सायद
ठीकै भनेका थिए
उनले । नेपाल
हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने
गरेको छ ।
यस्तै एउटा हल्लाको पछिल्लो
संस्करणले केहीदिनयता देशभर त्रासफैलिरहेको छ ।
संस्करणले केहीदिनयता देशभर त्रासफैलिरहेको छ ।
(सामाजिक सञ्जालमा भेटिएको यो तस्बिरको आधिकारिकताको
पुष्टि साझापोस्टले गर्दैन- सं)
सायद
तपाईंले पनि सुन्नु भएको
होला, ‘रातो नम्बरबाट आएको
फोन उठाउँदा मान्छे
मर्यो रे
!’ अहिले
यो हल्ला ‘दिन
दोगुना, रात चौगुना’
भनेझैँ फैलिरहेको छ
। मानिसहरुले एसएमएस
गरेर, फोन गरेर
तथा सामाजिक सञ्जालमार्फत आफ्ना
आफन्त र साथीभाइलाई सचेत
रहन भनिरहेका छन्
। हल्लामा मान्छे
मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले
नुवाकोट, कसैले धादिङ त
कसैले मकवानपुर भनेका
छन् ।
त्यसैगरी फोन
आएका भनिएका मोबाइलहरु एनसेल
छन् ।
यो
हल्ला अहिले यति
भाइरल बनिसक्यो कि
कन्ट्रोल गर्नै नसकिने अवस्था
छ । आम
मानिसहरु त्रसित बन्न थालेपछि हामीले
यसको वास्तविकताबारे बुझ्ने
प्रयास गरेका छौँ
।
एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्’
हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्यौँ । सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् । दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ । उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए ।

सामाजिक सञ्चालका एक
प्रयोगकर्ताले
एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका
रहेछन् । त्यहाँ
पनि एनसेलले यो
हल्लामात्र भएको जवाफ फर्काएको छ
।
‘रातो नम्बरबाट आएको
फोन उठाए मरिने
हल्ला छ के
हो यो ?’ केदार
पौडेल नाम गरेका
फेसबुक प्रयोगकर्ताले सोधेको
प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक
पेजबाट जवाफ फर्काएको छ,
‘कृपया यस्तो हल्लाको पछाडि
लाग्न नहुन ग्राहक
बर्गहरुमा अनुरोध छ ।’
धादिङ प्रहरीलाई जानकारी छैन
गाउँ-गाउँमासमेत सानातिना घटना घट्दा पनि प्रहरीलाई जानकारी हुन्छ । त्यसैले हामीले हल्लामा नाम जोडिएको जिल्ला धादिङका डिएसपी दिपेन्द्र पञ्जियारलाई सम्पर्क गर्यौँ । उनले त हल्लासमेत सुनेका रहेनछन् । ‘मैले त हल्ला पनि सुनेको छैन । केही भएको भए त आउँथ्यो । सायद हल्लामात्र हो यो,’ साझापोस्टसँग उनले भने ।
धादिङ
प्रहरीकै सञ्चार शाखामा भने
यस्तो हल्ला पुगेको
रहेछ । सञ्चार
विभागमा कार्यरत प्रहरी अधिकृत भन्दै
थिए, ‘हल्ला त
मैले पनि सुनेको
हो । मकवानपुर तिर
रे भनेर फेसबुकमा लेखेको
देखेको थिएँ ।
तर, हामीकहाँ त्यस्तो कुनै
जानकारी आएको छैन ।
भए त आइहाल्थ्यो नि
!’
नुवाकोट प्रहरीमा केही व्यक्ति मोबाइल फाल्यौँ भन्दै आएका थिए
त्यसपछि हामीले नुवाकोट प्रहरीका डिएसपी ऋषिराम कंडेललाई सम्पर्क गर्यौँ । उनले हल्ला मज्जैसँग सुनेका रहेछन् । ‘हल्ला त मैले पनि सुनेको हो । अस्ति दुईतीन जना युवा ‘रातो नम्बरबाट फोन आयो त्यसपछि मोबाइल फाल्यौँ’ भन्दै हामीकहाँ आएका थिए । तर फोन आएको हामीले देखेनौँ । उनीहरुले नै भनेका थिए, ‘कताकता मान्छे पनि मरे रे !’ तर यो हल्लामात्र हो । यस्तो फोन रिसिभ गर्दा मरेको भनिएको कुनै पनि व्यक्तिबारे जानकारी छैन ।’

कुरा हल्लामात्र हो
भन्ने निष्कर्षमा उनी
पनि पुगिसकेका रहेछन्
।
मकवानपुर प्रहरीलाई जानकारी छैन
मकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् । ‘मैले त हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन् ।
मकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् । ‘मैले त हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन् ।
आजभोलि
ठेस लागेर लड्दा
मान्छे मरेको जानकारीसमेत प्रहरीकोमा आउँछ
। सानासाना घटनाबारे पनि
प्रहरीलाई जानकारी गराउने प्रचलन छ
। प्राकृतिक ढंगको
स्वभाविक मृत्युबाहेक अन्य जुनसुकै कारणले
मानिस मरे पनि
पोस्टमार्टम बिना शवको दाहसंस्कारसमेत हुँदैन
।
पोस्टमार्टम अघि
प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउनुपर्छ ।
अब तपाईं आफैँ
भन्नुस्, सम्बन्धित जिल्लास्थित प्रहरीलाई समेत जानकारी नभएको
कुरा वास्तविक कसरी
हुन सक्ला त
? आफ्नो परिवारका सदस्यको फोन
उठाउँदा मृत्यु भयो भने
चुपचाप दाहसंस्कार कसैले
गर्ला ? पक्कै पनि
गर्दैन । बरु
हामीकहाँ त लास सडकमा
राखेर पैसाका लागि
बार्गेनिङचाहिँ
हुनसक्छ ।
माथिका
तमाम जानकारीहरुबाट पनि
निष्कर्ष निकाल्न सकिन्छ, यो हल्ला
मात्र हो ।
हल्लाको पछि नलागौँ ।
बाँकी
रहे सामाजिक सञ्जालमा रेड
नम्बरबाट फोन आएको देखाइएका स्क्रिनशर्टहरु, ती
फोटोशप्ड हुन सक्छन् ।
यो पनि पढ्नुहोस्: यो हल्लै हल्लाको देश हो