Latest Updates :

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता

SHARE THIS POST :
काठमाडौं, १४ पुस कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो सायद ठीकै भनेका थिए उनले नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको यस्तै एउटा हल्लाको पछिल्लो
  संस्करणले केहीदिनयता देशभर त्रासफैलिरहेको छ ।
(सामाजिक सञ्जालमा भेटिएको यो तस्बिरको आधिकारिकताको पुष्टि साझापोस्टले गर्दैन- सं)



सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्यो रे !’ अहिले यो हल्लादिन दोगुना, रात चौगुनाभनेझैँ फैलिरहेको मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त साथीभाइलाई सचेत रहन भनिरहेका छन् हल्लामा मान्छे मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले नुवाकोट, कसैले धादिङ कसैले मकवानपुर भनेका छन्
त्यसैगरी फोन आएका भनिएका मोबाइलहरु एनसेल छन्
यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था आम मानिसहरु त्रसित बन्न थालेपछि हामीले यसको वास्तविकताबारे बुझ्ने प्रयास गरेका छौँ

एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्
हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्यौँ सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ  उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए
सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको
रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला के हो यो ?’ केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको , ‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध


धादिङ प्रहरीलाई जानकारी छैन
गाउँ-गाउँमासमेत सानातिना घटना घट्दा पनि प्रहरीलाई जानकारी हुन्छ त्यसैले हामीले हल्लामा नाम जोडिएको जिल्ला धादिङका डिएसपी दिपेन्द्र पञ्जियारलाई सम्पर्क गर्यौँ उनले हल्लासमेत सुनेका रहेनछन् मैले हल्ला पनि सुनेको छैन केही भएको भए आउँथ्यो सायद हल्लामात्र हो यो,’ साझापोस्टसँग उनले भने
धादिङ प्रहरीकै सञ्चार शाखामा भने यस्तो हल्ला पुगेको रहेछ सञ्चार विभागमा कार्यरत प्रहरी अधिकृत भन्दै थिए, ‘हल्ला मैले पनि सुनेको हो मकवानपुर तिर रे भनेर फेसबुकमा लेखेको देखेको थिएँ तर, हामीकहाँ त्यस्तो कुनै जानकारी आएको छैन भए आइहाल्थ्यो नि !’

नुवाकोट प्रहरीमा केही व्यक्ति मोबाइल फाल्यौँ भन्दै आएका थिए
त्यसपछि हामीले नुवाकोट प्रहरीका डिएसपी ऋषिराम कंडेललाई सम्पर्क गर्यौँ उनले हल्ला मज्जैसँग सुनेका रहेछन् हल्ला मैले पनि सुनेको हो अस्ति दुईतीन जना युवारातो नम्बरबाट फोन आयो त्यसपछि मोबाइल फाल्यौँभन्दै हामीकहाँ आएका थिए तर फोन आएको हामीले देखेनौँ उनीहरुले नै भनेका थिए, ‘कताकता मान्छे पनि मरे रे !’ तर यो हल्लामात्र हो यस्तो फोन रिसिभ गर्दा मरेको भनिएको कुनै पनि व्यक्तिबारे जानकारी छैन
यो कुरा हल्लामात्र हो भन्ने निष्कर्षमा उनी पनि पुगिसकेका रहेछन्

मकवानपुर प्रहरीलाई जानकारी छैन
मकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् मैले हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन्
आजभोलि ठेस लागेर लड्दा मान्छे मरेको जानकारीसमेत प्रहरीकोमा आउँछ सानासाना घटनाबारे पनि प्रहरीलाई जानकारी गराउने प्रचलन प्राकृतिक ढंगको स्वभाविक मृत्युबाहेक अन्य जुनसुकै कारणले मानिस मरे पनि पोस्टमार्टम बिना शवको दाहसंस्कारसमेत हुँदैन
पोस्टमार्टम अघि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउनुपर्छ अब तपाईं आफैँ भन्नुस्, सम्बन्धित जिल्लास्थित प्रहरीलाई समेत जानकारी नभएको कुरा वास्तविक कसरी हुन सक्ला ? आफ्नो परिवारका सदस्यको फोन उठाउँदा मृत्यु भयो भने चुपचाप दाहसंस्कार कसैले गर्ला ? पक्कै पनि गर्दैन बरु हामीकहाँ लास सडकमा राखेर पैसाका लागि बार्गेनिङचाहिँ हुनसक्छ
माथिका तमाम जानकारीहरुबाट पनि निष्कर्ष निकाल्न सकिन्छ, यो हल्ला मात्र हो हल्लाको पछि नलागौँ
बाँकी रहे सामाजिक सञ्जालमा रेड नम्बरबाट फोन आएको देखाइएका स्क्रिनशर्टहरु, ती फोटोशप्ड हुन सक्छन्
यो पनि पढ्नुहोस्: यो हल्लै हल्लाको देश हो

SHARE THIS POST :

+ comments + 1 comments

December 29, 2016 at 9:35 PM

Testo mobile nai fyaknu parne ho vane khabar garnu ma jhola bokdai aunla ani kasko kasko ichhya 6 mobile fyakaun.hehe

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Online News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger