सायद
तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे
मर्यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ ।
मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र
साथीभाइलाई सचेत रहन भनिरहेका छन् । हल्लामा मान्छे मरेको भनिएका
क्षेत्रहरुचाहिँ कसैले नुवाकोट, कसैले धादिङ त कसैले मकवानपुर भनेका छन् ।
त्यसैगरी फोन आएका भनिएका मोबाइलहरु एनसेल छन् ।
यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था छ । आम मानिसहरु त्रसित बन्न थालेपछि हामीले यसको वास्तविकताबारे बुझ्ने प्रयास गरेका छौँ ।
एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्’
हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्यौँ । सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् । दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ । उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए ।
सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् । त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको छ ।
‘रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला छ के हो यो ?’ केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ, ‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध छ ।’
- See more at: http://www.sajhapost.com/2016/12/29/56854.html#sthash.ggaVo18Q.qP1Ai41N.dpuf

Post a Comment