भनिन्छ वैवाहिक सम्बन्ध भनेको पवित्र सम्बन्ध हो । दुई आत्मा तथा मनको मिलन
हो । तर, भनाईलाई भारतको यूपीमा भएको एक घटनाले झुटो ठहर गरिदिएको छ ।
यूपीको बाराबंकी भन्ने ठाउँमा श्रीमान श्रीमतीको सम्बन्धलाई लज्जित बनाउने
घटना भएको छ । जहाँ एक पुरुषले विहे गरेर भित्र्याएकी श्रीमतीलाई पहिला
आफ्नो साथीसँग यौनसम्बन्ध राख्न बाध्य पारेका छन् । त्यसपछि मात्रै आफूले
सुहागरात मनाएका छन् । पीडित महिलालाई माईती र उनलाई मारिदिने धम्की दिँदै
उनका श्रीमानले आफ्ना साथीसँग अवैध सम्बन्ध राख्न बाध्य पारेको भारतीय
सञ्चारमाध्यमले जनाएका छन् । श्रीमानले जबरजस्ती परपुरुषसँग शारीरिक
सम्बन्ध राख्न बाध्य पारेपछि महिला एक हप्तापछि मात्रै प्रहरीको शरणमा
पुगेकी छिन् । उनले डीएम (जिल्ला प्रमुख)लाई भेटेलगत्तै प्रहरीमा उजुरी
दिएपछि यो लज्जास्पद घटना बाहिर आएको हो । यसरी भयो घटनाः पीडित महिलाका
अनुुसार राजमल गौतम नामका युवक उनको छिमेकी थिए । एक दिन कुनै कुराको
विवादले उनका पिताले राजमललाई थप्पड हानेका थिए । त्यो थप्पडको बदला लिन
राजमहलले मसँग प्रेमको नाटक गरेको रहेछ । मैले प्रेममा परेर विश्वास गरेर
उसँग भागेर विहे पनि गरे । विहेपछि हामी परिवार छाडेर दुबै लुकेर लखनउमा
बस्न थाल्यौं । त्यहाँ गएकै दिन राजमल आफ्नो साथी लिएर आए । र मलाई आफ्नो
साथीसँग शारीरिक सम्बन्ध बनाउन भन्न थाले । जब मैले विरोध गरे उनले मलाई र
मेरो परिवारलाई मारिदिने धम्की दिए । परिवारका लागि मैले सहेर उसको साथीसँग सम्बन्ध बनाउन बाध्य भए ।
Post a Comment