१६ वर्षे युवतीको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ब्राजिलमा ३०
जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी गरेको छ । रियो द जेनेरियो ती १६ वर्षे
युवतीलाई आफ्नो केटा साथीको घर जाँदै गर्दा हतियारधारी समूहले बलात्कार
गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केहीले त्यतिबेलाको
तस्बिर र ४० सेकेण्डको भिडियो समेत खिचेर सामाजिक सञ्जाल ट्वीटरमा राखेका
थिए । पक्राउ पुर्जी जारी हुनेमा उनका केटा साथी पनि रहेका छन् । स्थानीय
प्रहरीले घटनाको सत्यतथ्य सबै बाहिर आइनसकेको बताएको छ । ती किशोरमाथि
शनिबार सामूहिक बलात्कार भएको थियो । उनी आइतबारमात्रै होसमा आएकी थिइन् । घर फर्केको अर्कोदिन उनले आफूलाई बलात्कार गर्नेले भिडियो ट्वीटरमा राखेको थाहा पाएकी थिइन् । घटना सार्वजनिक भएपछि अधिकारकर्मीले पुरुषद्वार महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रदर्शन गरिरहेका छन् ।
Post a Comment